‘नेट न्युट्रालिटी’ विधिमा परिवर्तन ल्याउने पक्षमा मतदान

एजेन्सी । संयुक्त राज्य अमेरिकाका नियमकारी निकायहरुले इन्टरनेट सेवा प्रदायकहरुले सबै ट्राफिकलाई बराबर ढंगले व्यवहार गर्नुपर्ने नियम खारेज गरेका नछन् संघीय सञ्चार आयोगका प्रमुख अजित पाइने ‘नेट न्युट्रालिटी’ भनिने उक्त व्यवस्थाको अन्त्यपछि नवीनता बढ्ने बताएका छन् तर, उक्त परिवर्तनको विपक्षमा मत व्यक्त गरेका उनका एक सहकर्मीले पछिल्लो निर्णयले इन्टरनेटको चाबी केहि ठूला संस्थानहरुलाई बुझाएको प्रतिक्रिया दिएका थिए । विरोधीहरुले उक्त निर्णयलाई कानुनी चुनौती दिने बताएका छन् संघीय सञ्चार आयोगले ‘नेट न्युट्रालिटी’ विधिमा परिवर्तन ल्याउने पक्षमा मतदान गरेको थियो नयाँ व्यवस्थाको पक्षमा तीन र विपक्षमा दुई मत परेको थियो अब इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न कम्पनीका डेटाको गतिलाई चाँडो वा ढिलो बनाउन सक्छन् र उपभोक्तालाई उनीहरुले लिने सेवाका आधारमा शुल्क तोक्न पाउनेछन् । तर उनीहरुले आफ्ना त्यस्ता व्यवहार सार्वजनिक भने गर्नुपर्नेछ उक्त मतदान हुनु अगावै प्रदर्शनकारीहरुले आयोग परिसर बाहिर प्रस्तावित परिवर्तनले इन्टरनेटको स्वतन्त्रता हनन गर्ने भन्दै प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?