आज यस वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड, अझै चिसो बढ्नेः मौसमविद

काठमाडौं, २९ मंसिर । मंसिर महिनाको अन्तिम दिन आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड गरिएको छ मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार विहान ६ः३० बनेको रेकर्डअनुसार, काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ कँडेलका अनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो त्यस्तै, काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत तापक्रम क्रमशः घट्दो अवस्थामा छ । अब केही दिनपछि अझै चिसो बढ्ने कँडेलले बताइन् यसैगरी, पूर्वी नेपाल र पश्चिम तराईमा पनि जाडो बढेको छ । शुक्रबार पश्चिम तराईका केही भागमा हुस्सु लागेको थियो । अब हुस्सु लाग्न्ने क्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद कँडेलले बताइन त्यस्तै, पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?