एक्ला उम्मेदवार  शेरबहादुर देउवा

डडेल्धुरा, २९ मङ्सिर- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला रहेको प्रदेश ७ मा कांग्रेसका तर्फबाट निर्वाचन जित्ने उनी एक्ला उम्मेदवार बनेका छन् । प्रदेश ७ लाई नेपाली कांग्रेसले आफ्नो प्रभाव क्षेत्रका रूपमा लिए पनि यसपटक भने वाममय बनेको छ । यो प्रदेशबाट कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा एक्ला निर्वाचित सांसद बन्न पुगेका हुन्  प्रधानमन्त्री तथा कांग्रेसका सभापतिले प्रतिनिधित्व गर्ने प्रदेश भएकाले पनि प्रदेश ७ मा कांग्रेसको उपस्थित राम्रै हुन्छ भन्ने आशा थियो । तर, चुनावी नतिजा ठीक उल्टो हुन पुग्यो, राजधानी दैनिकमा खबर छ   देउवाबाहेक अरू कुनै कांग्रेस उम्मेदवारले विजय हासिल गर्न सकेनन् । यो प्रदेशबाट बहालवाला दुई मन्त्री र चार पूर्वमन्त्रीसमेतले पराजय भोग्नुप¥यो । प्रदेश ७ मा प्रतिनिधिसभाका लागि १६ सिट रहेकोमा कांग्रेसले एउटा मात्रै जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?