१५ जेष्ठ २०७९, आईतवार

नेपालबाट वार्षिक १० करोडको रौँ निर्यात

२०७४,भाद्र,२४,शनिवार ०३:२१

0
Shares

काठमाडौँ, २४ भदौ- नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ । विभागको गत वर्षको तथ्यांकअनुसार नेपालबाट बेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा नौ करोड ८६ लाख ८८ हजारको रौँ निर्यात भएको छ । नेपालले आर्थिक वर्ष ०७३-७४ मा मान्छेको कपाल भुटानमा आठ लाख ८४ हजार, बेल्जियम चार लाख ६१ हजार, चीनमा एक करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्यान्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ ।यस्तै, आर्थिक वर्ष ०७२-७३ मा तीन करोड ४९ लाख ३० हजार मूल्य बराबरको निर्यात गरेको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले बताए । सो आवमा जापानमा १२ लाख ७३ हजार, कोरियामा ४१ लाख ९७ हजार, नेदरल्यान्डमा १८ लाख ३१ हजार र चीनमा एक करोड एक लाख ६४ हजार रुपैयाँको रौँ निर्यात भएको थियो ।नेपालबाट निर्यात हुने रौँ नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँ बनाउन प्रयोग गर्ने गरेको वाग्लेले बताए । नेपालबाट रौँ कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरूले बताए । मान्छेले काटेर फालेका कपाल, दाह्रीलगायतका रौँलाई प्रशोधन नगरी कच्चा पदार्थको रूपमा निर्यात हुने गरेको उनले बताए, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका

भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्कजाम गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै

खोटाङ । नेपाल प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ । दिनरात

काठमाडौं  । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साह फोहर व्यवस्थापनकाे विषयमा जानकारी लिन नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । उनले

ताजा समाचार

सलमानका अनेक सोख
 २०७९,जेष्ठ,१५,आईतवार १३:४५