कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, २८ मंसिर – प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्र्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए कीर्र्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही ब्रह्मपुरी गाउँपालिका–७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालयमा करारमा सहयोगी अजयकुमार यादव र सप्तरी, महदेवा गाउँपालिका–१ निवासी तथा राजविराज नगरपालिका–१० का वडा सचिव मो वकिल मियाँ रहेको प्रहरीको भनाइ छ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलोग्रामसहित विभिन्न मितिमा जारी चार थान नागरिकता समेत उक्त गिरोहबाट बरामद गरिएको छ सोही आरोपमा भारतको उत्तरदेनाजपुर, अन्तकोठा, थाना हेमन्तवाद बस्ने मो लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया, कोचाधामन निवासी र हाल झापा बिर्तामोड–१ बस्ने मो नवेद, सुनसरीको हरिपुर गाउँपालिका–८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका–४ निवासी मो सइरोलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट कीर्र्ते नागरिकता चार थान, मोबाइल छ थान, सीमकार्ड, रु दुई लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी छाप ११ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?