बालकोटबाट यस्तो आयो ओलीको अभिव्यक्ति

भक्तपुर, २८ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताएका छन् आज आफ्नै निवास बालकोटमा उनले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै उनले स्वदेशमै रोजगारीको व्यवस्था गर्नसके युवाले खाडी मुलुकमा गएर पसिना बगाउनु नपर्ने बताए अध्यक्ष ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताउँदै यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताए विसं ०४६ को परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टाचारीकरण बढेको छ, उनले भने , “निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर अहिले लाखौँ युवा खाडीमा पसिना बगाइरहेका छन् ।”अध्यक्ष ओलीले सम्पत्ती शुद्धीकरणका नाममा व्यवसायीलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा चिन्ता व्यक्त गर्दै आफ्नै खाताबाट रु १० लाखभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण बन्न नसकेको धारणा व्यक्त गरे अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने पनि बताए महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णीकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?