पुनर्निर्माणमा ३ अर्ब सहयोग गर्दै साउदी अरेबिया

काठमाडौं ः नेपालको भूकम्पपछिको पुनर्निर्माणमा साउदी अरेबियाले सहयोग गर्ने भएको छ । साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुबीच मंगलबार र बिहीबार प्राधिकरणमा भएको छलफलमा उक्त सममmदारी भएको हो छलफलका क्रममा विकासका लागि साउदी कोषका उच्च अधिकारीहरुले प्राधिकरणबाट पुनर्निर्माण गर्नुपर्ने आयोजनाको यथाशक्य सूचीसहितको परियोजना प्रस्ताव गर्न आग्रह गरेका छन् साउदी सरकारले विकासका लागि साउदी कोषमार्फत् ३० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्न रुचि देखाएको हो प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले उक्त रकम निजी आवासको पुनर्निर्माण, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा खर्च गर्ने प्रस्तावसहित प्राधिकरणले ऋण सम्झौता वार्ताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाइसकेको जानकारी दिनु भयो प्राधिकरणमा भएको छलफलमा प्राधिकरणबाट सहसचिवद्वय यमलाल भूसाल र कृष्णप्रसाद दवाडी तथा उपसचिवद्धय डा. भीष्मकुमार भूसाल र विनु बज्राचार्य कुँवरको सहभागिता थियो साउदी सरकारको तर्फबाट विकासका लागि साउदी कोषका क्षेत्रीय व्यवस्थापक अब्दुल्लाह एम.अल–सोएइबी, आयोजना व्यवस्थापक नासिर एल कसावी र बरिष्ठ विज्ञ सइद अल मासाइखी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?