२०७४, २८ मङ्सिर बिहीवार १०:४६

राष्ट्रपति भेट्न किन शीतल निवास पुगे देउवा ?


प्रकाशित मिति : २०७४, २८ मङ्सिर बिहीवार १०:४६

काठमाडौँ, २८ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ जवाफमा राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा कोशेढुङगाको रुपमा रहेको निर्वचन निर्धारित समयमा, शान्तिपुर्ण ठुलो जनसहभागिता र उल्लासमय बातावरणमा सम्पन्न गरेकोमा सरकार र निर्वाचन आयोग र मतदातालाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस