बम विस्फोटमा एक घाइते

लहान, २८ मंसिर । लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्प्लेट फेला परेको प्रहरी निरीक्षक राउतले बताए । बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?