शहरको सौन्दर्यताका लागि सरसफाइ अभियान शुरु

काठमाडौँ, २८ मंसिर । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर तथा त्यस वरपर क्षेत्रको सौन्दर्य कायम राख्न नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ले सरसफाइ अभियान शुरु गरेको छ चुनावको अवधिमा विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीको उचित व्यवस्थापनका लागि विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा रहेका तुल, तोरण, ब्यानर, पर्चा पम्लेटलगायत विभिन्न प्रचार सामग्रीले शहरी क्षेत्रको सौन्दर्यतामा असर पारेकाले सो अभियान थालिएको हो । काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । एकसाताभित्र ती सबै क्षेत्रमा सफाइ गरिने छ उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वा्चित नेता जीवनराम श्रेष्ठले वसन्तपुर तथा त्यस वरपर क्षेत्रबाट प्रचार सामग्री हटाएर सो अभियान शुभारम्भ गरेका छन् । विभिन्न मुलुकका पर्यटक आइरहने उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारको प्रचार प्रसार सामग्रीले कुरुप बनाएकाले चाँडो सफाइ गर्नुपर्ने भएको उनले बताए गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन तथा यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार तथा कार्यक्रमको प्रचार प्रसारका साथै जनतालाई आकर्षित गराउन फेलेक्स, पोष्टर तथा पम्पप्लेटले सार्वजनिक भवन, सम्पदास्थल, सडक आसपासका भित्ता रङ्गाएका थिए उक्त क्षेत्रका प्रदेश (क) का नवनिर्वा्चित सदस्य राजेश शाक्यले चुनावमा शहरलाई सफा राख्ने भनेर गरिएका प्रतिबद्धता अनुसार नै सफाइ अभियान शुरु गरिएको जानकारी गराए । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिरजस्ता सम्पदा पर्दछन्। यहाँ इन्द्रजात्रालगायत विभिन्न जात्रा तथा पर्वको आयोजना हुन्छ वसन्तपुर वरपरका भित्री क्षेत्रमा भएका विभिन्न सम्पदास्थल अझै पनि भूकम्पका कारण भत्किएका तथा भूकम्पबाट धरापमा परेका निजी घरले सर्वसाधारणको आवतजावतमा जोखिम बढाएको छ । चुनावमा प्रचारका लागि ती सामग्री टाँस गर्न पनि खर्च लाग्ने र सफाइ गर्न पनि खर्च लाग्ने हुँदा पराजित उम्मेदवारबाट त्यति चासो दिएको पाइदैन मखनका स्थानीय विनोद तुलाधरले अभियानको स्वागत गर्दै त्यहाँ रहेका प्राचीन महत्वका जीर्ण सम्पदास्थलको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । काष्ठमण्डपको पुनःनिर्माणका लागि विभिन्न तहबाट प्रयास भइरहे पनि अझै मर्मत नभएकामा स्थानीयवासी चिन्तित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?