१६ मङ्सिर २०८०, शनिवार

निर्वाचनलाई प्रभाव पार्न गृहमन्त्रीको खतरनाक खेल

२०७४,भाद्र,२४,शनिवार ०२:२१

9
Shares

काठमाडौं, २४ भदौ- गृहमन्त्री जनार्दन शर्माले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्ष्य गरी आफू निकटलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर जिल्ला पठाउन थालेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।गृहमन्त्री शर्माले एक महिनायता ६१ जिल्लाको प्रजिअ परिवर्तन गरिसकेका छन् । उनले निर्वाचन आचारसंहिता छल्दै १२ भदौको पुरानो मिति राखेर तीन दिनअघि मात्रै चार जिल्लाका प्रजिअ सरुवा गरेका छन् । मन्त्रालयले २६ साउनमा १० सहसचिव र २१ उपसचिव गरी ३१ जना तथा ८ भदौमा १३ सहसचिव र ३१ उपसचिव गरी ४४ जनाको सरुवा गरेको थियो । पछिल्लो पटक १९ भदौमा चार जना उपसचिवको सरुवा गरेको छ । सरुवा भएका अधिकांश प्रजिअ नै छन् ।मंसिरमा हुने चुनाव आफ्नो पक्षमा पार्न प्रजिअलाई प्रयोग गर्ने दाउमा गृहमन्त्री शर्मा रहेको गृहस्रोतको दाबी छ । ‘छोटो समयमै आफू निकटलाई खोजी-खोजी ६१ जिल्लाको सीडीओ बनाएर पठाइएकाले पनि गृहमन्त्रीको दाउ सजिलै बुझ्न सकिन्छ’, स्रोतले भन्यो ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३