नेप्सेको कार्यालयमा आगलागी हुँदा सबै कारोबार बन्द

काठमाडौं, २८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार बन्द भएको छ । गएराति नेप्सेको कार्यालयमा आगलागी हुँदा सबै कारोबार बन्द भएको हो गएराति नेप्सेको कार्यालयमा विद्युत् सर्ट भई आगलागी हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार बन्द भएको छ । नेप्से कार्यालयमा सम्पूर्ण विद्युत आपूर्ति बन्द भएकाले बजारको कारोबार समेत बन्द भएको नेप्सेले जनाएको छ नेप्सेको पहिलो तल्लामा रहेको घरायसी नामसारी शाखामा गएराति विद्युत सर्ट भइ आगलागी भएको बताइएको छ आगलागीमा महत्वपूर्ण कागजपत्र लगायत केहि प्राबिधिक सामग्री जलेर नष्ट भएको छ । आगलागी धेरै ठूलो नभएको तर सुरक्षाका लागि कार्यालयमा आपूर्ति हुने मुख्य विद्युत लाइन कटौती हुँदा कारोबार सञ्चालन नभएको हो । आगलागी भएकै तलामा नेप्सेको प्राविधिक विभाग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?