झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर

भद्रपुर, २८ मंसिर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६४९ मत खसेकामा पाँच हजार १९मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १२५मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २१५ मत खसेकामा छ हजार १२५मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा छ हजार ४८० मत बदर भएको थियो त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३३२ मत बदर , निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६३६ मत खसेकामा तीन हजार १७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताए ।

यसैगरी, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा ४२ हजार २३९ मत खसेकामा हजार २०३ र ‘ख’ मा ४० हजार ८५४ मत खसेकामा पाँच हजार ३११ मत बदर, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३३ हजार ५७ मत खसेकामा तीन हजार ८७४ र ‘ख’ मा ४४ हजार १५८ मत खसेकामा पाँच हजार १४४ मत बदर भएको थियो भने निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा ४७ हजार ४१३ मत खसेकामा पाँच हजार ५२४ मत र ‘ख’ मा ४८ हजार ६३१ मत खसेकामा तीन हजार ९८३ मत बदर भएको कर्मचारी न्यौपानेले जानकारी दिए ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभाको समानुपातिक तथा प्रदेशसभाको समानुपातिकमा कूल चार लाख १६ हजार ९८७ (७१.२६ प्रतिशत) मत खसे पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा ३१ हजार २५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको सम्बद्ध पदाधिकारीको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?