समानुपातिकमा एमाले र काँग्रेसको तिव्र प्रतिस्पर्धा, अब ५ वटा मात्रै राष्ट्रिय पार्टी

काठमाडौं, २८ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली काँग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ७५ लाखभन्दा बढी मतगणना सकिदा नेकपा एमाले पहिलो स्थानमा रहेको छ भने नेपाली काँग्रेसले एमालेलाई पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) भने निकै तल रहेको छ दिउँसो २ बजेसम्मको परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी २७ लाख १६ हजार मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २६ लाख ३१ हजार मत पाएको छ तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने १० लाख ९० हजार मतसहित निकै पछि रहेको छ । यस्तै चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमको ३ लाख ८५ हजार र पाँचौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टीले ३ लाख २३ हजार मत पाएको छ यो निर्वाचनबाट यिनै पाँच वटा पार्टीमात्रै राष्ट्रिय पार्टीका रुपमा रहने निश्चित भएको छ भने अन्य पार्टीहरुले राष्ट्रिय पार्टीको मान्यता नपाउने देखिएको छ यसअघि संसदमा चौथो ठूलो दलको रुपमा रहेको राप्रपा यो पटक सातौं स्थानमा रहेको छ । उसले अहिलेसम्म १ लाख ७८ हजार मत ल्याएको छ भने रविन्द्र मिश्रको विवेकशील साझा पार्टीले पनि राष्ट्रिय पार्टीको मान्यता नपाउने निश्चित भइसकेको छ तराजु चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको विवेकशील साझा पार्टीले हालसम्म १ लाख ७९ हजार मत पाएको छ यसपटक राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि प्रत्यक्षतर्फ कम्तिमा १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ एक सिट जितेका नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समानुपातिक तर्फ ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने सम्भाना न्युन बनेको छ समानुपातिकतर्फ ३ प्रतिशत नपुगेपछि अब प्रत्यक्षमा सिट जितेपनि यी दलहरु राष्ट्रिय दलको रुपमा रहने छैनन् भने निर्वाचित सांसद समेत स्वतन्त्र हैसियतमा रहनेछन् प्रत्यक्षतर्फ कुनै सिट नजितेर समानुपातिकमा ३ प्रतिशत कटाउने पार्टीबाट आउने सांसद पनि स्वतन्त्र हैसियतमा रहने थिए । तर यसपटक प्रत्यक्षमा चुनाव नजितेका दलहरुले समानुपातिकमा पनि ३ प्रतिशत ल्याउने देखिएन यो निर्वाचनबाट राप्रपा, राप्रपा (प्रजातान्त्रिक) मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायत प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेख्य मत ल्याउन असफल भए राप्रपाले १ लाख ७८ हजार मत ल्याएको छ भने राप्रपा (प्रजातान्त्रिक) ले ६५ हजार तथा वैद्य माओवादीको देजमोले ११ हजार मात्रै मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?