महिलाको पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाय

एजेन्सी । पाठेघर खार खस्ने समस्या धेरै महिलामा देखिने गर्छ । यसलाई आङ खस्ने समस्या पनि भनिन्छ । कतिपय ग्रामिण भागहरुमा यस समस्या धेरै देखिने गर्छ । ग्रामिण भेगका महिलाहरुले यसलाई बच्चा जन्मााएपछि देखिने एउटा सामान्य असर हो भनेर जाँच गराउन जाने गर्दैनन् । अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । महिलाहरु यस्ता कुरा घरमा गर्न लजाउने गर्छन् । जसले गर्दा यो समस्या महिलाहरुमा मात्रै रहने गर्छ । यो समस्या देखि उनीहरु मुक्त हुँदैनन् । यो समस्याको बारेमा घरका सदस्यलाई पनि थाहा हुनुपर्छ । जसले गर्दा उनीहरुले महिलालाई सहयोग गर्न सक्छन् पाठेघर खस्ने समस्याबाट बच्ने उपायहरु१ किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ २. महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने ३. २० वर्षको उमेर पुगेपछि मात्र गर्भवती हुने ४. गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने५. स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ६. गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ७. गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ८. सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ९. गर्भावस्था र सुत्केरी अवस्थामा गह्रो भारी नबोक्ने १० दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा १ वर्ष पखर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?