परीक्षा रद्ध गर्नुपर्ने माग गर्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड

विराटनगर, २८ मंसिर । पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय विद्यार्थीहरुले तोडफोड गरेका छन् ।परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङको गोठगाँउस्थित विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका हुन् आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरी झ्यालका सिसा फुटाउनुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सी समेत जलाइदिएका छन् पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्न पत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्यार्थीको अडान छ । सो संकायमा ४७ विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?