काभ्रेपलाञ्चोकमा आठ हजारभन्दा बढी मत बदर

 बनेपा, २८ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनाँै, त्यस्तो त्रुटि पनि देखियो उनले भने । कूल दुई लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा एक लाख ९२ हजार ८७० मत खसेको थियो जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ३३ हजार ७७८ मतदाता रहेकामा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ३८ हजार ५१८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?