२०७४, २८ मङ्सिर बिहीवार ०७:२९

सिलिण्डर ग्यास पड्कँदा आगलागी


प्रकाशित मिति : २०७४, २८ मङ्सिर बिहीवार ०७:२९

काँकडभिट्टा, २८ मंसिर – झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको प्रहरीको भनाइ छ मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस