चर्चित नायिका जल शाहको ‘जन्मदिन’ आज

काठमाडौं, २८ मंसिर । नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका जल शाहको आज ‘जन्मदिन’ परेको छ विकिपीडियाका उल्लेख गरिएअनुसार, २०३९ साल मंसिर २८ गते काठमाडौंमा जन्मिएकी जल शाह आजबाट ३५ वर्ष लागेकी छिन् । कुनै बेला नेपाली फिल्मबाट दर्शकको मनमुटुमा बस्न सफल नायिका शाह आजकाल फिल्म क्षेत्रमा देख्न पाइदैनन् । फिल्म क्षेत्रमा मात्र होइनन् उनी नेपालमा नै छैनन् विगत लामो समयदेखि शाह श्रीमान र एक छोरीसँग अमेरिकामा बस्दै आइरहेकी छिन् । गएको वर्ष दशैं मनाउनका लागि उनी नेपाल आएकी थिइन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका शाहले, ‘फिल्ममा अभिनयसँगै निर्माणमा फर्किने योजना रहेको बताएकी थिइन् ।’‘आउँदा दिनमा हामी मौलिक नेपाली फिल्म निर्माण गर्ने योजनामा छौं, शाह ले भनिन् । नेपालका ग्रामीण भेकमा धेरै मौलिक कथावस्तु भएकाले नारी प्रधान फिल्म निर्माण गर्ने म र मेरो श्रीमानको योजना छ ।’ अभिनेत्री शाहले भनेकी थिइन्, ‘मेरा समकालीन अभिनेत्रीहरू फिल्म निर्देशनमा लागेर स्थापित हुनुभएकामा मलाई साह्रै खुसी लागेको छ । ममा निर्देशन गर्ने क्षमता नभएकाले म अभिनयसँगै फिल्म निर्माणमा भने आउनेछु ।’त्यस्तै, आफ्नी आमाको इच्छा अनुसार, यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’बाट उनी नेपाली रजतपटमा प्रस्तुत भएकी थिइन् साथै शाहले नायिकाका रूपमा उनको पहिलो फिल्म यात्रा ‘अवतार’ फिल्मबाट सुरु गरेकी थिइन् । त्यसपछि करिब चार दर्जन फिल्ममा अभिनय गरेकी उनका ‘पराइ घर’, ‘शंकर’, ‘ठूलदाई’, ‘नेपाली बाबु’, ‘एक नम्बरको पाखे’, ‘नाता रगतको’, ‘नेपाल प्यारो छ’, ‘बुहारी’ हिट फिल्मको सूचीमा सुचिकृत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?