सन् १९७२ पछि चन्द्रमामा यसकारण कोही गएनन्

‘मानवताका लागि एउटा सानो कदम, पूरै मानवजातिका लागि ठूलो छलाङ्ग साबित हुनेछ’, चन्द्रमामा पाइला राख्ने पहिलो व्यक्ति नील आर्मस्ट्रन्गको भनाई हो यो उनले २१ जुलाई १९६९ मा चन्द्रमामा पाइला राखेर इतिहास रचेका थिए । त्यसपछि अन्य पाँच अमेरिकी अभियान चन्द्रमामा पठाइयो । सन् १९७२ मा चन्द्रमामा पुग्ने युजिन सेरनन अन्तिम अन्तरिक्ष यात्री थिए त्यसपछि अहिलेसम्म कुनै पनि मानिस चन्द्रमामा गएका छैनन् । तर करिब आधा शताब्दीपछि अमेरिकाले चन्द्रमामा मानवसहितको मिशन पठाउने घोषणा गरेको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यससम्बन्धि एक आदेशमा सोमबार हस्ताक्षर गरेका छन् । तर प्रश्न उठ्छ कि अमेरिका र अन्य कुनै देशले करिब आधा शताब्दीसम्म चन्द्रमामा किन अन्तरिक्षयात्री पठाएनन ?वास्तममा चन्द्रमामा कुनै मानवीय मिशन पठाउनका लागि निकै महंगो पर्ने गर्दछ । लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयमा विज्ञानका प्राध्यापक माइकल रिच भन्छन्, ‘चन्द्रमामाथि मानवीय मिशन पठाउन जति धेरै खर्च लाग्दथ्यो, यसको तुलनामा वैज्ञानिक फाइदा कम नै थियो ।’विशेषज्ञका अनुसार यो मिशनमा वैज्ञानिक उत्सुकताभन्दा बढी राजनीतिक कारण थियो र अन्तरिक्ष नियन्त्रणको होडमा गरिएको थियो । सन् २००४ मा अमेरिकाका तत्काली राष्ट्रपति जर्ज डब्लु बुसले ट्रम्पकै जस्तो मानवीय मिशन पठाउने प्रस्ताव पेश गरेका थिए यसमा १०४ मिलियन अमेरिकी डलरको अनुमानित बजेट बनाइएको थियो । तर भारी बजेटका बाबजुत यो मिशन अघि बढ्न सकेन । विशेषज्ञलाई यसपटक पनि यसरी नै मिशन अघि बढ्न नसक्ने चिन्ताले सताएको छ, किनकी डोनाल्ड ट्रम्पले आदेशमा हस्ताक्षर गर्नुअघि सिनेटमा छलफल समेत गरेनन् माइकल रिच भन्छन्, ‘यस्तो मिसनको वैज्ञानिक फाइदा कम छ, यसकारण यसको खर्चिलो बजेटका लागि कंग्रेसको सहमति पाउनु मुस्किल काम हो ।’ अर्को महत्वपूर्ण कारण भनेको नासा आफ्नो दोस्रो महत्वपूर्ण मिशन पूरा गर्न लागिपरेको छ पछिल्ला बर्षमा नासा नयाँ उपग्रह, वृहस्पतिबारे खोज, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन कक्षमा लन्च, अन्य आकाशगंगा र ग्रहबारेको खोजमा केन्द्रित छ । नासाले बर्षौदेखि अर्को मानवीय मिशन चन्द्रमामा पठाउने बताउँदै आएको छ उसले त्यसका लागि अझै केही वैज्ञानिक कारण रहेको बताउने गरेको छ । नासाले चन्द्रमामा मानिस पठाएमा केही नयाँ जानकारी प्राप्त हुने विश्वास लिएको छ । पछिल्ला केही वर्षमा चन्द्रमा जाने उत्सुकता पुनः बढेको छ सरकारी र निजी क्षेत्रबाट पनि पहिलेदेखि नै कोशिस भइरहेको छ, जसमा चन्द्रमामा मान्छे पठाउने मात्रै नभएर मानव बस्ती बसाउनेजस्ता महत्वाकांक्षी योजना समेत पेश भएका थिए । यो योजना कम खर्चवाला प्रविधि र स्पेसक्राफ्ट निर्माणमा आधारित छ चीनले सन् २०१८ र रुसले २०३१ सम्ममा चन्द्रमामा पुग्ने योजना बनाएको छ । यसैबीच स्पेश बिजनेश मोडलको कुरा पनि आयो, जसमा चन्द्रमामा खनिजको उत्खनन र चन्द्रमाबाट ल्याइएको पत्थरलाई बहुमूल्य वस्तुका रुपमा बेच्ने योजना सामेल छ अमेरिका अन्तरिक्षको यो दौडमा कोहीइ भन्दा पछि पर्न चाँहदैन । नासाको योजनाका लागि यसपटक बनाइएको बजेट सम्पूर्ण बजेटको एक प्रतिशत रहेको छ । जबकी यसअघिको अन्तरिक्ष कार्यक्रमका लागि ५ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?