म्यान्चेस्टर सिटी उपाधी दौडमा बलियो बन्दै, युनाइटेड र टोटनहम पनि विजयी

काठमाडौं, २८ मंसिर । म्यान्चेस्टर सिटी इङलिस प्रिमियर लिगको उपाधी यात्रामा बलियो बन्दै गएको छ बुधबारराति भएको खेलमा स्वान्सी सिटीलाई ४–० ले हराएको म्यान्चेस्टर सिटी जारी सिजनमा अपराजित रहेको छ सिटीको जितमा डेभिड सिल्भाले २ गोल गरे भने सर्जियो अग्वेरो र केभिन डे ब्रायनले १–१ गोल गरे बुधबारराति नै भएका अन्य खेलमा म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपरले आ–आफ्ना खेलमा जित हात पारेका छन् । युनाइटेडले रोमेलु लुकाकुको गोलमा बर्नमाउथमाथि १–० को जित निकाल्यो यसैगरी टोटनह्याम हट्सपरले ब्राईटनलाई २–० ले हराउँदा एभर्टनले न्युकासल युनाईटेडलाई १–० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४–१ ले पराजित गरे गएराती आर्सनललाई वेष्ट ह्याम युनाईटेडले र लिभरपुललाई र वेष्ट ब्रोमले बराबरीमा रोकेको छ गएरातीका खेलहरु पछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?