महराको प्रश्न : २१ वर्षदेखि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण किन भएन ?

काठमाडौँ, २४ भदौ- -चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमण गर्ने तयारी गरे, अन्तिम समयमा रद्द भयो । अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुवै कार्यकालमा नेपाल आएनन् । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटमा यसबारे जिज्ञासा राखिरहेका छन्, ‘२१ वर्षदेखि चिनियाँ उच्च नेतृत्वबाट नेपालको भ्रमण किन भइरहेको छैन ?’राष्ट्रपति सीको पहिलो कार्यकाल सकिन लाग्दैछ । तर पनि नेपाल भ्रमण हुन नसकेकोबारे महराले त्यहाँको नेतृत्वसमक्ष गुनासो गरेका छन् । र, भ्रमणका लागि आग्रहसमेत । प्रधानमन्त्री ली खछ्याङ, स्टेट काउन्सिलर याङ जेइछी, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताओसँग उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।महराले चीन नेपालको निकट र सदाबहार मित्र हुँदा पनि उच्च राजनीतिज्ञको भ्रमण नभएको विषयलाई उठाएका थिए । चिनियाँ पक्षले नेपालले भ्रमणका लागि गम्भीर तयारी नगरेको उत्तर दिएको छ, कान्तिपुर दैनिकमा खबर छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?