मुस्लिम विश्वले जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी मान्नुपर्छ : एर्दोगान

एजेन्सी, २८ मंसिर । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले मुस्लिम राष्ट्रकाक नेताहरुलाई जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको मान्यता दिन आग्र्रह गरेका छन् ।इस्लामिक सहयोग संगठनको शिखर सम्मेलनलाई सम्बोधन गर्र्दै राष्ट्रपति एर्दोगानले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयलाई ‘रिक्त र शून्य’ निर्णयको संज्ञा दिए एर्दोगानले इजरायललाई ‘आतंकवादी राज्य’ भएको आरोप समेत लगाए । इस्लामिक राष्ट्रको यो शिखर सम्मेलनमा प्यालेस्टाइनको विषय बलियोसँग उठेको छ यद्यपि इस्लामिक सहयोग संगठनका भएका मुस्लिम राष्ट्रमा कतिपय नेता समेत ट्रम्पसँग सहकार्य गरिरहेका हुनाले यसबारे निर्णय हुनेमा आशंका गरिएको छ । सो सम्मेलनमा कतिपय राष्ट्रले आफ्नो देशका मन्त्रीलाई मात्रै सम्मेलनमा पठाएका छन् ट्रम्पको घोषणापछि एर्दोगानले गत साता टर्कीले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने ध्रम्की दिएका थिए । टर्की र इजरायलबीच २०१६ मा ६ वर्षपछि कूटनीतिक सम्बन्ध पुनस्र्थापित भएको थियो प्यालेस्टाइन समर्थक ९ जना इजरायली नागरिकको गाजा क्षेत्रमा इजरायली कमाण्डोले हत्या गरेपछि कूटनीतिक सम्बन्ध विच्छेद भएको थियो उनले मुस्लिम राष्ट्रलाई जेरुसेलमबारे अमेरिकी निर्णयका विरुद्ध एकजुट हुन आग्रह समेत गरेका छन् । उनले भने, ‘म सबै राष्ट्रसँग अन्तर्राष्ट्रिय कानुन र न्यायको मूल्यअनुसार जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन आग्रह गर्दछु ।’सो क्रममा प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले अमेरिका अब इजराय र प्यालेस्टाइनबीचको शान्ति प्रक्रियाको मध्यस्थताका लागि अयोग्य भएको टिप्पणी गरे उनले शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘हामी शान्ति प्रक्रियामा अमेरिकाको कुनै भूमिकालाई स्वीकार गर्दैनौं किनकी उसले आफू पूर्ण रुपमा इजरायलको समर्थक भएको पुष्टि गरेको छ ।’इजरायल र प्यालेस्टाइनबीच दशकौंदेखि चल्दै आएको संघर्षको सबैभन्दा प्रमुख मुद्दा जेरुसेलम हो जेरुसेलम सहर यहुदी, इस्लाम र इसाई धर्मावलम्बीले नै पवित्र स्थलका रुपमा मान्ने स्थान हो । इजरायलले सन् १९६७ को मध्यपूर्वको युद्धका क्रममा गाजा क्षेत्र र ओल्ड सिटीसहितको पूर्वी जेरुसेलमसहितका क्षेत्रमा कब्जा जमाएको थियो सोही क्षेत्रसहित सम्पूर्ण जेरुसेलम आफ्ना देशको राजधानी भएको इजरायलको दाबी गरेको छ भने प्यालेस्टाइनले पूर्वी जेरुसेलम आफ्नो देशको भावी राजधानी भएको बताउँदै आएको छ । यद्यपि सो क्षेत्रबारे पूर्ण निर्णय दुई देशबीचको शान्ति वार्ताको माध्यमबाट मात्रै टुंगो लाग्नेछ जेरुसेलममाथि इजरायलको सम्प्रभुतालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन् । इजरायलमा दूतावास तथा महावाणिज्य दूतावास राख्ने विश्वका सबै राष्ट्रले तेल अभिभमा कार्यालय स्थापना गरेका छन् गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिँदै तेल अभिभमा रहेको दूतावास जेरुसेलम सार्ने तयारी गर्न निर्देशन दिएपछि पुनः मध्यपूर्व तातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?