धर्मनिरपेक्षताको नाममा हिन्दू संस्कृतिमाथि प्रहार : डा लोहनी

काठमाडौँ, २३ भदौ ।एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा धर्म्निरपेक्षताको नाममा पाँच हजार वर्ष पुरानो हिन्दू संस्कृतिमाथि प्रहार भइरहेको बताएका छन ।पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि यही भदौ २१ गतेदेखि आजसम्म आयोजना गरेको अभियानको समापन कार्यक्रममा अध्यक्ष लोहनीले हिन्दू सभ्यता नेपाल राष्ट्रको पहिचान भएको बताउँदै देशमा हिन्दू राष्ट्र कायम गरी दुई हजार ५०० वर्ष पुरानो बौद्ध सभ्यताका साथै अन्य धर्मलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिए ।विभिन्न जाति तथा समुदायको मिश्रित बसोबास भएको देशको भौगोलिक जटिलताका कारण राष्ट्रिय एकताका प्रतीकका रुपमा आलङ्कारिक राजसंस्थाको खाँचो औँल्याउँदै डा. लोहनीले राजसंस्थाले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउने जिकिर गरे ।अध्यक्ष डा लोहनीले रोजगारीको अभावमा ४० लाख युवा विदेशिन बाध्य रहेको बताउँदै धनी र गरिबबीचको खाडल फराकिलो भएको अहिलेको अवस्थामा सम्पन्न राष्ट्र निर्माणमा लागि चुनौती थपिएकामा चिन्ता व्यक्त गरे ।कार्यक्रममा पार्टीका पदाधिकारी केशरबहादुर विष्ट, गणेश शेरचन, तारानाथ लुइँटेल लगायतले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा जबर्जस्ती धर्म्निरपेक्षता लाद्न नहुनेमा जोड दिँदै हिन्दूवादी संघसंस्था एकताबद्ध भएमा अविलम्ब हिन्दू राष्ट्र घोषणा हुने विश्वास व्यक्त गरे ।पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डे, काठमाडौँ जिल्ला उपसभापति प्रदीप कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका प्रतिनिधि दीपक सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष उज्जवल घिमिरे लगायतले मुलुकमा दिगो शान्ति तथा स्थिरताका लागि हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्नुपर्ने विचार व्यक्त गरे ।यसअघि बबहरमहलमा करिब दुई हजारको संख्यामा पार्टीका नेता तथा कार्यकर्ता भेला भई पदयात्रा गरी नयाँ बानेश्वर नजिकै पुगेर कोणसभा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?