यसरी थाहा पाउनुस् मानसिक रोग

नेपालमा मानसिक रोग भन्नेबित्तिकै पागलपन भन्ने बुझिन्छ । तर, मानसिक रोगका विभिन्न चारण हुन्छन् । कतिपय मानिस मानसिक रोगको सिकार हुँदाहुँदै उसले त्यसबारे अनुभूति नगरेको हुन सक्छ । जसकारण विभिन्न गल्ती र अन्य अशोभनीय काम पनि गरिरहेको हुन सक्छ । अधिकांश मानिस मानसिक रोगको अन्तिम चरणमा पुगेपछि मात्र उपचारको खोजी गर्न थाल्छन् । मानसिक रोगबारे थाहा पाउनुपर्ने केही कुरा :सम्भावित व्यक्तिजाँड, रक्सी, चुरोट, गाँजा सेवन गर्ने व्यक्तिलाई मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ । ड्रग्स, ट्याब्लेट, इन्जेक्सन प्रयोग गर्ने व्यक्तिलाई समेत कुनै न कुनै मानसिक समस्या रहेको हुन्छ । यसबाहेक अन्य कारणले पनि मानसिक समस्या हुन सक्छ । टाउकोमा चोटपटक लागेर, एचआइभी संक्रमणका कारण, नियमित टाउकोदुखाइ, मुभमेन्ट डिसअर्डर हुने व्यक्तिलाई मानसिक समस्या हुन सक्छ लक्षणकतिपय मानिस बढी भावनामा बग्ने हुन्छन् । त्यस्ता मानिस मानसिक रोगको सिकार पनि भएको हुन सक्छ । निराशा, बढी खुसी वा दुःखी हुने, छटपटी भइरहने व्यक्तिमा पनि मानसिक समस्या हुन सक्छ समस्यामानसिक रोगी भएका व्यक्तिमा शारीरिक सम्बन्ध राख्दा समस्या आउने गर्छ । मानसिक रोगीमा कुनै ठाउँमा एड्जस्ट हुन नसक्ने, व्यक्तित्वमा समस्या देखिने, आत्महत्याको प्रयास गर्नेलगायतका समस्या देखिन सक्छ कसरी बच्ने ?मानसिक समस्या हुनेहरूका लागि सबैभन्दा ठूलो उपचार भनेको मनोपरामर्श पनि हो । बिरामीको मनोबल बढाउनका लागि पहल गर्नुपर्दछ । उनीहरूमा उत्साह थप्ने, मनोवैज्ञानिक उपचार गरेमा यस्तो समस्याबाट मुक्त गराउन सकिन्छ । अन्धविश्वासका कारण पनि कतिपय मानसिक बिरामीले सही समयमा उचित उपचार पाएका हुँदैनन् । कतिपय त थाहा पाउँदापाउँदै पनि मनोचिकित्सककहाँ जान डराउँछन् । यसो हुँदा बिरामीमा थप समस्या देखिन थाल्छ । त्यसैले मानसिक रोगको शंका हुनेबित्तिकै उपचारका लागि पहल गर्न जरुरी हुन्छ । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?