देउवाले पाए, रेशम चौधरीले किन पाएनन् प्रमाणपत्र ?

कैलाली, २७ मंसिर— टीकापुरकाण्डका आरोपी भएपनि चुनाव जितेका रेशम चौधरी प्रमाणपत्र लिनबाट बञ्चित भएका छन् कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तर निर्वाचन आयोगले चौधरी आफैं प्रमाणपत्र लिन उपस्थित हुनुपर्ने बताएपछि उनलाई नदिइ सो काठमाडौं पठाइएको छ । डडेलधुराबाट निर्वाचित शेरबहादुर देउवा भने प्रमाणपत्र लिन आफैं उपस्थित हुन परेको थिएने । तर चौधरीलाई भने नदिइएको हो दुई दिन भित्र रेशम आफै उपस्थित भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र केन्द्रमा पठाइदिन आदेश दिएअनुसार बुधवार साँझ उक्त प्रमाणपत्र पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?