इरानमा मङ्गलबार दिउँसोे र बुधबार बिहान दुई ठूला भूकम्प

तेहरान, २७ मङ्सिर । इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ स्थानीय समयानुसार मङ्गलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए । त्यसै गरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ यी दुवै भूकम्पको केन्द्रंविन्दु होजाक सहरमा नै भएको भएता पनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बैग्लै भूकम्प भएको भूगर्भशास्त्रीहरुले जनाएका छन् यो दुबै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने समाचार प्राप्त नभएको जनाइएको छ भूकम्पको धक्कापछि आजसम्म यहाँको जनजीवन निकै प्रभावित भएको जनाइएको समाचार संस्थाहरुले बताएका छन् भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका छन् । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको छ भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ इरानमा दुई महिनामात्र अघि आएको शक्तिशाली भूकम्पबाट दर्जनौँ मानिस मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?