२१ जेष्ठ २०८०, आईतवार

पैसाका लागि राजनीति गरेको होइनः पौडेल

२०७४,भाद्र,२३,शुक्रवार १४:१४

0
Shares

दमौली, २३ भदौ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाका लागि राजनीति गर्नेहरुले देशलाई यो स्थितिमा पु¥याएको बताएका छन् ।व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको आज उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको स्पष्ट गरे । गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने पौडेलको भनाइ छ ।जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, काग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताए । रु ७० लाखको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१