कहिलेसम्म आइसक्छ समानुपातिकको अन्तिम नतिजा ?

काठमाडौं, २७ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्द सुचिमा राखेका उम्मेदवारका नामहरुलाई नै क्रमशःअनुसार नै राख्नुपर्ने बताएका छन् बुधबार काठमाडौमा भएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरुले आयोगमा बुझाएको बन्द सुचि अनुसार नै क्रमशःपहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि पनि दलहरुले यसलाई अनिवार्य रुपमा फलो गर्नुपर्छ ।’उनले समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन् उनले समानुपातिकको नतिजा आएपछि कुन दलको कति सिट आउँछ त्यहीअनुसार प्रतिशतमा छुट्याउने बताए । उनले भने,‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्छ, यो अनिवार्य शर्त हो ।’यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अबदुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मत परिणाम सार्वजनिक हुने विश्वास दिलाए । उनले थपे,‘आयोगले भनेकै समयमा मत परिणाम सार्वजनिक भएको छ, हामीले एक हप्ताभित्रै सबै मतपरिणाम आउँछ भनेर भनेका थियौं, सोहीअनुसार प्रत्यक्षतर्फको आईसकेको छ, अब समानुपातिक लगायत सबै परिणाम दुई दिनभित्रै आउँछ, हामी ढुक्क छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?