२२ जेष्ठ २०८०, सोमवार

आचारसंहिता उल्लंघन गर्ने्विरुद्ध आयोगको नीति शून्य सहनशीलता : प्रमुख आयुक्त यादव

२०७४,भाद्र,२३,शुक्रवार १२:२०

0
Shares

काठमाडौँ, २३ भदौ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्ने्विरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन ।प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।निर्वाचनमा हुनसक्ने आर्थिक चलखेलको सुक्ष्म अनुगमन गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आम जनतामा निर्वाचनमा आचारसंहिता उल्लंघन हुन्छ भन्ने मनोविज्ञान अन्त्य गर्न आवश्यक रहेको बताए । पैसाको धाकमा निर्वाचनलाई धुमिल हुन नदिनेतर्फ अनुगमनकर्ता सचेत रहन यादवको आग्रह थियो ।आयुक्त सुधीरकुमार शाहले प्रचारप्रसारलाई भड्किलो हुनबाट रोक्न र निर्वाचन खर्चलाई आचारसंहिताको सीमाभित्र कायम राख्न सुक्ष्म अनुगमनकर्ताले दिने सूचना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।आयोगका सहसचिव दीपक सुवेदीले उम्मेदवारले गर्ने खर्चको सीमा र समग्रमा निर्वाचन आचारसंहिता पालना भए नभएकोबारे अनुगमन गर्न निर्देशन दिए ।आयोगले प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भदौ २४ गतेदेखि असोज ४ गतेसम्म निर्वाचन अनुगमनका लागि ४० जना सुक्ष्म अनुगमनकर्ता खटाएको हो ।तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल छ हजार ६२७ जना प्रतिनिधि निर्वा्चित हुनेछन् ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार १२:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१