म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु

म्याग्दी, २७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो चार हजार ९६३ वर्ग्मिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । विसं २०७३ मंसिर २१ गते महादेव खिम्ती ज्वाला सफिना जेभीले ठेक्का पाएको सो भवन निर्माण कार्यको मंगलबार बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमूख रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गरे भूकम्प प्रतिरोधी क्षमताको निर्माणाधीन भवन अपांगमैत्री हुने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?