७ चैत्र २०७९, मंगलवार

वान बेल्ट वान रोडले नेपालको अर्थतन्त्र उकास्छ : उपप्रधानमन्त्री महरा

२०७४,भाद्र,२३,शुक्रवार ११:४८

0
Shares

काठमाडौँ, २३ भदौ ।चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्रा्ष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गरेका छन ।भेटवार्तामा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर रहेको बताए ।चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने विश्वास पनि महरा व्यक्त गरे ।यसैगरी शनिबार अपराह्न उपप्रधानमन्त्री महराले ग्वाङ्जाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ११:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६