नेलपोलिसले शरीरलाई पुर्याउने असरहरु यस्ता छन्

महिलाहरुको सुन्दरता झल्काउन नङको पनि बेग्लै महत्व हुने गर्छ । महिलाहरु आफ्नो नङलाई सुन्दर बनाउनको लागि विभिन्न प्रकारका रंगहरुको नेलपोलिस लगाउने गर्छन् । जसले गर्दा उनीहरुको हातका औँला निकै आकर्षक देखिने गर्छन् । त्यसैले महिलाहरुका कस्मेटिक सामानहरुमा नेलपोलिस छुट्ने गर्दैन । तर, नेलपोलिसको बडी प्रयोगले शरीरलाई असर गर्छ भन्ने कुरा महिलाहरु ख्याल गर्दैनन् । यसमा प्रयोग हुने विभिन्न केमिकल्स स्वास्थ्यको लागि निकै हानिकारक छ नेलपोलिसले स्वास्थ्यमा पुर्याउने असरहरु यस्ता छन् १. केमिकल्सको असरः यसमा प्रयोग हुने केमिकल्स शरीरबाट सजिलैसँग जादैन । यसले शरीरमा विभिन्न प्रकारको एलर्जी हुने गर्दछ । यी कमिकल्सले हाम्रो रगतमा पनि असर पुर्याउने गदर्छ २. क्यान्सरः नेलपोलिसमा फोर्माल्डिहाई नामक केमिकल्स रहेको हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने हुँदा यो शरीरका लागि निकै हामीकारक गर्छन् ३. हर्मोनमा असर गर्छः प्रायः नेलपोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थ्यमा समेत असर पुर्याउँछ । विशेषगरी जो महिलालाई धेरै पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकोले यसले शरीरलाई धेरै नोक्सान पुर्याउने गर्छ ४. मस्तिष्कमा असरः टिर्फेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्नेगर्छ ५. छाला सम्बन्धि एलर्जीः नेलपोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ । जो दिमागमा तथा स्किन दुवैको लागि हानीकारक हुनसक्छ । यसले छालामा एलर्जी तथा घाउ समेत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?