प्रिमियर लिगमा चेल्सी, बर्नली र क्रिष्टल प्यालेस विजयी

काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सी, बर्नली र क्रिष्टल प्यालेसले जित निकालेका छन् मंगलबारराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई उसकै मैदानमा ३–१ ले हरायो । चेल्सीको जितमा बाकायोको, विलियन र पेड्रोले एक एक गोल गरे भने घरेलु टोली हडर्सफिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए मंगलबारराति नै भएको अर्को खेलमा बर्ननीले स्टोक सिटीलाई १–० ले हरायो भने क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २–१ ले पाखा लगायो । प्रिमियर लिग अन्तर्गत बुधबारराति ७ खेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?