इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

चितवन, २७ मंसिर । चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?