ओलीलाई ३० किलोको माला

झापा, २७ मङ्सिर- दमक नगरपालिकाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सयपत्री फूलको ३० किलोको माला लगाएर सम्मान गरेको छ । नगरपालिका सम्मान कार्यक्रमको आयोजना गरी स्थानिय क्षेत्रमा फुलेको र भारतको सिलगुढीबाट ल्याएको सयपत्री फूल गाँसेर बनाइएको उक्त माला लगाइदिएर सम्मान गरिएकोहो । मुलुकमा प्रधानमन्त्रीजस्तो ठूलो जिम्मेवारी वहन गर्ने अवसर आउन लागेकाले एमाले अध्यक्ष ओलीलाई नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सयपत्रीको माला लगाइदिएका हुन् माला ग्रहणपछि अध्यक्ष ओलीले थप जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?