चुनाव हार्नुको कारण खोल्यो कांग्रेसले

२६ मंसिर । सत्तारुढ नेपाली काँग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले संविधान निर्माणको समेत नेतृत्व लिएको नेपाली काँग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिक्रिया दिनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले बाम गठबन्धनबीचको सहकार्यले पनि निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित पराजय भोग्नु परेको पनि स्पष्ट पार्नु भयो काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार र सम्वद्ध सबै पक्षलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?