धनुषाबाट प्रदेशसभामा एमाले नेता महतो निर्वाचित

जनकपुर, २६ मंसिर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् महतोले १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोले ११ हजार ५ सय ४९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ सो क्षेत्रमा संघीय समाजवादी फोरमका राजकिशोर महतोले ७ हजार ९४० मत प्राप्त गरे । २०६४ मा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानालाई पराजित गरेका महतोले २०७० मा कांग्रेसकै बासलाल महतोलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?