यस्ता छन् नवलपरासीबाट पराजित हुने पुर्वराज्य मन्त्रीहरु

परासी, २६ मंसिर । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नवलपरासीबाट ३ जना पुर्व राज्यमन्त्री पराजित भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा विभिन्न क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका ति ३ जना पुर्वराज्य मन्त्रीहरुलाई हार व्यहोर्न परेको छ जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । उक्त प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३ जना पुर्वराज्य मन्त्री र ३ जना पुर्व सांसदहरु पराजित भएका छन् । पराजित हुने पुर्वराज्य मन्त्रीहरुमा एक नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य घनश्याम यादव हुन् । यादव २०६४ सालमा रुपन्देहिबाट संसदिय निर्वाचन जिती त्यतिबेला स्थानिय विकास राज्यमन्त्री खाएका थिए त्यस्तै अर्काे नेता राजपा नेपालको केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी हुन् । चौधरी २०६४ सालमा यसै जिल्लामा तमलोपाबाट समानुपातिकमा परि शिक्षाराज्य मन्त्री बनेका थिए । यता तेश्रो पुर्व राज्य मन्त्री रामबचन यादव हुन् । नेता यादव २०६४ सालको मधेशी जनलहरमा फोरम लोकतान्त्रिकबाट सांसद पदमा निर्वाचित भई रक्षाराज्य मन्त्री भएका थिए नेता घनश्याम यादव र गोविन्द चौधरी जिल्लाको प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा सदस्य (सांसद) पदमा चुनाव लडेका थिए । यि दुईटै नेता एक अर्काको प्रतिस्पर्धी रहे संगै यस क्षेत्रबाट बिजयी नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल संग पराजित भए नेता रामबचन यादव प्रतिनिधि सभा सदस्यमा नलडि प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा प्रदेश सभा सदस्य (विधायक ) पदमा लडेका थिए । नेता यादव चुनावलाई आफनो पक्षमा पार्न विभिन्न गुणभाग लगाईरहदा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मदेवार बैजनाथ जयसवाल संग पराजय व्यहोर्न प¥यो तिन पुर्व सांसाद पनि पराजितजिल्लामा ३ पुर्व सांसद पनि पराजित भएका छन् । वि.स.२०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा नेता ह्देश त्रिपाठीलाई हराउने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद देवकरण कलवार यस पटक नेता त्रिपाठी संगै पराजित भएका छन् । जिल्लाको प्रंतिनिधि सभा १ मा प्रतिनिधि सभा सदस्य (सांसद) पदका उम्मदेवार बनी त्रिपाठी संगको कडा प्रंतिस्पर्धामा रहेको नेता कलवारलाई यस पटक हार व्यहोर्न परेको छ त्यस्तै कांग्रेसको अर्काे नेता एवं पुर्व सांसद विक्रम खनाल, यस पटक बाम गठबन्धन तर्फबाट नेकपा एमालेका उम्मदेवार दिपेन्द्र अधिकारी संग पराजित भएका छन् । सोहि क्षेत्रको प्रदेश सभा १ मा प्रदेश सभा सदस्य (विधायक) पदमा लडेका नेता खनाल अधिकारी संग ३ हजार भन्दा बढि मतले पराजित भएका छन् । गत संविधान सभाको निर्वाचनमा नेता खनालले अधिकारीलाई नै हराएका थिए तर यस पटक अवस्था फरियो यता अर्काे हार्ने सभाषद नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य चिनक कुर्मी हुन् । नेता कुर्मी प्रतिनिधि सभा २ मा नेता कण्डेल, नेता यादव र नेता चौधरी संगक चुनाव लडेका थिए । नेता कुर्मी यि उम्मदेवारहरु संगको प्रतिस्पर्धामा नै थिएनन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेता कुर्मी बिजयी भएका थिए । तर २०७० र २०७४ सालको निर्वाचनमा भने उनलाई पनि हार व्यहोर्न परेको छ । पुर्वराज्य मन्त्री र सांसद संग विभिन्न जिल्ला एवं केन्द्रिय नेताहरु यहाँ पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?