राष्ट्रपतिबाट उत्कृष्ट विद्यार्थिलाई विद्यापदक प्रदान

काठमाडौँ, २३ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेकि छन ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकि हुन ।

#*cf}+ /fli6«o lzIff lbj; @)&$ tyf cGt/f{li6«o ;fIf/tf lbj;sf] pknIodf g]kfn ;/sf/ lzIffdGqfno4f/f /fi6«klt sfof{nodf cfof]hLt sfo{qmddf /fi6«klt ljBfb]jL e08f/L jf6 rGb|Lsf kf]v/]nnfO{ g]kfn ljBfe”if0f kbs u k|bfg ug'{ x’b} . tl:a/ M k|bLk/fh jGt,/f;;
सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गरिन । राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिईन ।उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा भएको बताईन ।
/fli6«o lzIff lbj;
/fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o ;fIf/tf lbj; tyf #*cf}+ /fli6«o lzIff lbj;sf] cj;/df /fi6«klt sfof{nodf z’qmaf/ cfof]lht sfo{qmddf ld; g]kfn ;lbIff >]07nfO{ g]kfn ljBfe”if0f kbs v k|bfg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;
राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गरिन । राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गरिन ।सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण अहिलको प्रमुख कार्यभार रहेको बताउँदै राष्ट्रपतिले विकासोन्मुख मुलुकबाट नेपाललाई विकासित राष्ट्रमा लैजानु आजको आवश्यकता भएको बताईन ।
/fli6«o lzIff lbj;
/fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o ;fIf/tf lbj; tyf #*cf}+ /fli6«o lzIff lbj;sf] cj;/df /fi6«klt sfof{nodf z’qmaf/ cfof]lht sfo{qmddf u+ufnfn t’nfw/nfO{ g]kfn ljBfe”if0f kbs s k|bfg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?