अण्डा खुवाएर बालिका बलात्कार
काठमाडौं, २६ मंसिर– काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ दुबैजनाको स्वास्थ्य परीक्षण गराउन अस्पताल लैजानुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।