स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

वालिङ, स्याङ्जा, २६ मंसिर – स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी भएका छन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी भएका हुन । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गरे । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?