१५९ स्थानको नतिजा आयो, वाम गठबन्धनलाई दुई तिहाई

काठमाडौं, २६ मंसिर— दुई चरणमा सम्पन्न निर्वाचनमा हालसम्म प्रतिनिधिसभातर्फ १५९ क्षेत्रको नतिजा आउँदा एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७७ स्थानमा जीत हासिल गर्दा माओवादीले ३६ स्थानमा जीत हासिल गरेको छ । एमाले र माओवादीको गठबन्धन रहेको थियो यस्तै कांग्रेसले २१, राजपाले १०, संघीय समाजवादी फोरमले १० स्थानमा जित्दा अन्य साना नयाँ शक्ति, राप्रपा, मजदुर किसान पार्टी र जनमोर्चाले १—१ स्थानमा जीत हासिल गरेका छन् । यस्तै १ स्वतन्त्र पनि विजयी भएका छन् निर्वाचनका लागि चुनावी तालमेल र निर्वाचनपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको गठबन्धनले प्रत्यक्षतर्फ मुलुकभरबाट दुई तिहाइभन्दा बढी सिट जित हासिल गरिसकेको छ । प्रतिनिधिसभातर्फ १ सय ६५ सिटमा बहुमतका लागि ८३ सिट आवश्यक पर्नेमा १ सय ६५ स्थानकै मतगणना हुँदा वाम गठबन्धनले १ सय १३ सिट जित हासिल गरिसकेका छन् अब मात्र ६ स्थानको अन्तिम नतिजा आउँन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?