२४ श्रावण २०७९, मंगलवार

राष्ट्रपतिबाट उत्कृष्ट विद्यार्थिलाई विद्यापदक प्रदान

२०७४,भाद्र,२३,शुक्रवार ०९:४९

0
Shares

काठमाडौँ, २३ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेकि छन ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकि हुन ।

३८औं राष्ट्रिय शिक्षा दिवस २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा नेपाल सरकार शिक्षामन्त्रालयद्धारा राष्ट्रपति कार्यालयमा आयोजीत कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी वाट चन्द्रीका पोखरेललाई नेपाल विद्याभूषण पदक ग प्रदान गर्नु हुदै । तस्बिर : प्रदीपराज वन्त,रासस
सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गरिन । राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिईन ।उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा भएको बताईन ।राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गरिन । राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गरिन ।सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण अहिलको प्रमुख कार्यभार रहेको बताउँदै राष्ट्रपतिले विकासोन्मुख मुलुकबाट नेपाललाई विकासित राष्ट्रमा लैजानु आजको आवश्यकता भएको बताईन ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०९:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली सच्याउन समय दिने भएको छ । आयोगका अनुसार प्रतिनिधि

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा

ताजा समाचार