यस्तो पो प्रेमः विराट र अनुष्काको विवाह इटलीबाट

भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा विवाह बन्धनमा बाधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटली पुगेर विवाह गरेका हुन् फेमिलि स्टेटमेन्ट अनुसार विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त स्टेटमेन्टमा जनाइएको छ। विराट र अनुष्काका लागि टप फेसन डिजाइनर सबयसाची मुखर्जीले विवाहका लागि ड्रेस तयार पारेका थिए।यी कपलले रिलेटिभ्सका लागि यही डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् भने बलिउडकर्मी र क्रिकेटरका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?