प्रतिनिधिसभाका १५६ क्षेत्रको नतिजा आयो, कुन पार्टीले कति सिट जिते ?

काठमाडौँ, २५ मंसिर – यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आ प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५६ र प्रदेशसभा सदस्यतर्फ ३०३ प्रतिनिधि निर्वाचित भएका छन् प्रतिनिधिसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म १५६ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए यसैगरी प्रदेशसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका सबै जिल्लाका ३३० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ३०३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये आज साँझसम्म सार्वजनिक १५६ क्षेत्रको मत परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका साझा उम्मेदवार १०९ स्थानमा विजयी भएका छन् । तीमध्ये एमालेले ७५ र माओवादी केन्द्रले ३४ स्थानमा जित हासिल गरेको छ नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले २१ स्थानमा मात्र जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार दश, राष्ट्रिय जनता पार्टीका उम्मेदवार दश स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारसमेत एक÷एक स्थानमा विजयी भएका छन् । त्यस्तै स्वतन्त्ररुपमा निर्वाचनमा उठेका दुई जना प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?