प्रचण्डले चुनाब जितेलगतै पोलिटब्युरो सदस्य वीरजंग रिहा

काठमाडौं नेकपाका पोलिटव्युरो सदस्य चन्द्रबहादर चन्द वीरजंग र नेकपा निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियासहित पार्टीक एक दर्जन बढी नेता कार्यकर्ता आज रिहा भएका छन् आज सोमबार काठमाडौबाट नेकपाका पोलिटव्युरो सदस्य वीरजंग र महासंघका महासचिव थपलियालाई झण्डै एक महिनाको प्रहरी हिरासतबाट रिहा भएका हुन् । उनीहरुलाई पाँच हजार धरौटीमा रिहा गरिएको छ छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले पाेलिटव्युराे सदस्य वीरजंगलार्इ मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो जनसांस्कृतिक महासंघका महासचिव थपलीयालाई प्रहरीले मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो त्यसैगरी अाजै प्रहरी हिरासतबाट रिहा हुनेमा नेकपा धनकुटा इन्चार्ज आकाशसहित ११ जना नेता कार्यकर्ता रहेका छन् निर्वाचन बहिष्कार (खारेज) अभियानका क्रममा नेकपाका झण्डै एक हजार नेता कार्यकर्ता गिरफ्तार भएका थिए जनपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?