सरकारलाई सचेत गराउँदै महासचिव ईश्वर पोखरेलको प्रेस वक्तव्य

काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै वर्तमान सरकारले विभिन्न नियकायमा राजनीतिक नियुक्तिहरु गरेको विषयमा पार्टीका गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा एमालेकामहासचिव ईश्वर पाखरेलले प्रेस वक्तव्य निकालेका छन् । प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसैगरी गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।’सम्पन्न निर्वाचनमा नेपाली जनताले बाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गराएको आजको यो समयमा जस्तोसुकै निर्णयको निरन्तरतामा नयाँ सरकारले किमार्थ नदिने भनिएको छ त्यस्तै सोमबार मन्त्रिपरिषदको बैठकले गोपिकृष्ण मुभिज तथा गोपिकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत रहेकी पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा चलचित्र विकास बोर्ड तथा गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गरिएको हो निकिता पौडेल राप्रपा नेता उद्धव पौडेलकी छोरी हुन् । करिब ५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो गत भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको सरकारले निकिता योग्य देखिएको भन्दै अध्यक्षमा नियुक्त गरेको हो । सरकारले कम्तिमा स्नातक उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष काम गरेको योग्यता भएकाले आवेदन दिन पाउने गरी आवेदन खोलेको थियो यसैगरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा संस्थानकै कर्मचारी बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ सोमबारको मन्त्रिपरिषदको बैठकमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव गरिएपछि सो प्रस्तावबारे निर्णय हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?