हिरो अनमोल केसी अब फुटबलको कप्तान

काठमाडौं – अभिनेता अनमोल केसी फुटबल खेलाडी बन्ने भएका छन् । उनकै पिता भुवनले निर्माण गर्ने तयारी गरिरहेको चलचित्र ‘क्याप्टेन’मा उनी फूटबल खेलाडीको रुपमा देखिन लागेका हुन् ‘होस्टल’बाट अभिनयमा देखिएका अनमोलका चार चलचित्र सफल भएका छन् । यि चलचित्र सफल हुँदा पनि उनले अभिनयका हिसावले खासै प्रशंसा बढुल्न सकेका छैनन् । बिषेश गरेर युवा पुस्ताले रुचाएका कारण उनी सफल देखिएको चलचित्रकर्मीको भनाइरहेको छ ‘क्याप्टेन’ सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा उनी फुटबल टिमको क्याप्टेनको भुमिकामा देखिनेछन् । केही पहिले प्रदर्शित ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराइले यसलाई निर्देशन गर्दछन् फागुणबाट छायाँकनमा जाने यो चलचित्रका बिषयमा अनमोलका पिता समेत रहेका निर्माता भुवन केसी अनमोलका फ्यानका लागि चलचित्र ‘क्याप्टेन’ सरप्राइज हुने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?