महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र ३ नं प्रदेशसभा ‘क’ र ‘ख’ मा राजपाको प्यानल विजयी

गौशाला, २५ मंसिर । महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी भएका छन् मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ल्याएर विजयी भएका हुन् त्यस्तै उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल राय यादवले ९ हजार ३ सय ९३ मत ल्याएका थिए । यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना अझै जारी रहेको छ यसैगरी महोत्तरी जिल्लाको क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा राजपा नेपालले विजयी हासिल गरेको छ मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा राजपा नेपालका अभिराम शर्माले ९ हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रामआधार कापरले ५ हजार ५ सय ९ ल्याएका छन् त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि राजपा नेपालकै रानीकुमारी तिवारीले ७ हजार ४ सय ३० मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले ५ हजार ५ सय ९८ मत ल्याएका छन् यसअघि गएराति करिब ७ बजे (यस क्षेत्र) निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका संयाजक महन्थ ठाकुरले २७ हजार पाँच मत ल्याएर विजयी भएका छन् महोत्तरी जिल्ला क्षेत्र नं २ मा राजपा नेपालको प्यानल विजयी भएको छ प्रतिनिधिसभा क्षेत्र नं २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले ३० हजार ७ सय २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९ सय ७४ मत प्राप्त गरे त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा (क) मा राजपा नेपालकै जयनुल राइनले १४ हजार ५ सय ५६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले छ हजार ४ सय ७८ मत प्राप्त गरेका थिए त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा पनि राजपा नेपालकै सुरिताकुमारी साह १५ हजार ४४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै राजकरणप्रसाद साह सुडीले ६ हजार ४ सय ९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?